भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

चितवन ।  भरतपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बुधबार  सांँझं ६ बजे भरतपुर महानगरपालीका वडा नम्बर १२ मिलनचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४८ प ५००६ नम्बरको मोटरसाइकललाई सोही स्थान बस्ने उमाकान्त गैरे लाई ठक्कर दिएको थियो ।

ठक्करबाट  गम्भिर घाईते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा सांँझ सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री