भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

चितवन ।  भरतपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बुधबार  सांँझं ६ बजे भरतपुर महानगरपालीका वडा नम्बर १२ मिलनचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४८ प ५००६ नम्बरको मोटरसाइकललाई सोही स्थान बस्ने उमाकान्त गैरे लाई ठक्कर दिएको थियो ।

ठक्करबाट  गम्भिर घाईते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा सांँझ सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथबाट फर्केको विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते (नामसहित)

काठमाडौं । मुक्तिनाथ दर्शन गरेर फर्किँदै विद्यार्थी चढेको बस मंगलबार बिहान कागबेनी-मुक्तिनाथ सडक खण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस