काठमाडौं । सिन्धु विकास बैंकले चितवन जिल्लाको नारायणगढ बजारमा बैंकको शाखा स्थापना गरेको छ । उक्त शाखा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले उद्घाटन गरे ।
बैंकका प्रधान कार्यालय बाह्रविसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, नारायणगढ गरी कुल १९ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल २१ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।
तपाईंको प्रतिकृया




