घरेलु मैदानमा बार्यन म्यूनिखसँग टोटनहमको ७-२ को लज्जास्पद हार

काठमाडाैँ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब टोटनहमले घरेलु मैदानमा जर्मन क्लब बार्यन म्युनिखसँग ७–२ को लज्जास्पद हार बेहोरेको छ। टोटनहम गत वर्षको च्याम्पियन्स लिग फुटबलको उपविजेता हो।

हिजोको खेलमा पहिलो अग्रता भने टोटनहमले नै लिएको थियो। उसले खेलको १२ औं मिनेटमा सन हेड-मिनको गोलमा अग्रता लिएको थियो। तर उसको सो अग्रतालाई १५ औं मिनेटमा जोशुआ किमिचले बराबरी गरिदिए। त्यसपछि खेलको ४५ औं मिनेटमा बार्यन म्यूनिखका लागि रोबर्ट लेवान्डास्कीले गोल गरे र पहिलो हाफको समाप्तिमा टोलीलाई २-१ को अग्रता दिलाए।

त्यसपछि दोश्रो हाफमा टोटनहमको मोर्चालाई बार्यनका सर्ज गाब्रीले चार गोल गर्दै ध्वस्त पारिदिए। उनले खेलको ५३,५५,८३ र ८८ औं मिनेटमा चार गोल गरे। यस्तै ८७ औं मिनेटमा पहिलो हाफको ४५ औं मिनेटमा गोल गरेका लोवान्डास्कीले पुनः गोल गरे।

यसक्रममा टोटनहमले खेलको ६१ औं मिनेटमा १ गोल फर्कायो। सो गोल पेनाल्टीमार्फत हेरी केनले गरेका थिए। जितसँगै लगातार दुई खेलमा जित निकाल्न सफल बार्यन ६ अंकसहित समूह ‘बि’को शीर्ष स्थानमा छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री