आज देशलाई खुला दिसामुक्त घोषणा गरिँदै

काठमाडौं । आज देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ।  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक समारोहकाबिच नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ।

घोषणासँगै नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुनेछ। नेपालमा २०६८ सालदेखि खुला दिसामुक्त मुलुक बनाउने अभियान शुरु भएको थियो। खानेपानी मन्त्रालयका अनुसारअनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालय बनिसकेका छन्।

नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको र देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भइसकेकोले आज देशलाई खुला दिसामुक्त घोषणा गर्न लागेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट (पूर्णपाठ)

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट यस वर्षको सुरुको विनियोजन भन्दा करिब २१ प्रतिशत र संशोधित अनुमानको ६.२ प्रतिशतले बढी हो ।

प्रतिकृया दिनुहॊस