रक्सीले मातिएका प्रहरीका इन्स्पेक्टर कारबाहीमा

काठमाडौं । कार्यक्षेत्रमै मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार पाल काठमाडौं परिसर तानिएका छन्।

शुक्रबार राति महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट अनुगमन टोली पुग्दा उनी मदिराको नसामा थिए। प्रहरी नायब उपरीक्षक पवन भट्टराई नेतृत्वको अनुगमन टोलीलाई निरिक्षक पालले ‘चेन अफ कमाण्ड’ विपरीत गालीगौलज गरेपछि विभागीय कारबाहीको लागि उनलाई परिसर तानिएको हो।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री