चाडपर्वमा हरेक वर्ष मूल्यवृद्धि : अनुगमन प्रभावकारी हुन सकेन

काठमाडौँ । चाडबाड नजिकिँदै गर्दा मूल्यवृद्धि हुने गरेको पाइएको छ । सरकारी नीति नियम, फितलो बजार अनुगमन र अराजक व्यवसायीका कारण हरेक वर्ष बजारभाउ बढेको पाइएको हो । खुद्रा व्यापार संघको तथ्यांकअनुसार चाडबाडको मुखमा हरेक वर्ष मूल्य अकासिएको छ ।

तीन वर्षको असोज महिनाको तुलना गर्दा एक किलोमै १२० रुपैयाँसम्म भाउ बढेको छ । नियमनकारी निकायबाट नाम मात्रको अनुगमन हुने उपभोक्ताकर्मीहरू बताउँछन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन अनुगमन भए पनि प्रभावकारी हुन नसकेको बतउँछन् ।

तथ्यांकअनुसार २०७४ असोजमा प्रतिलिटर १४० रुपैयाँमा बिक्री भएको कच्चा तोरीको तेल अहिले २६० रुपैयाँ पर्छ । भटमासको तेल १२० रुपैयाँबाट बढेर १४० रुपैयाँ पुगेको छ । सनफ्लावरको १३० रुपैयाँबाट बढेर १५० रुपैयाँ पुगेको छ । नेपाली घिउ १ सय रुपैयाँ बढेर ८ सय रुपैयाँ पुगेको छ । धनियाँ पाउडर ५० रुपैयाँले बढेर २५० रुपैयाँ पुगेको छ ।

बेसार पाउडर २५० रुपैयाँबाट बढेर ३ सय रुपैयाँ पुगेको उल्लेख छ । संघका अध्यक्ष राजकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा यहाँ पनि असर परेको बताए । दसैंको बेलामा माग बढ्ने हुँदा केही व्यवसायीले मौका छोपेको बताए ।

उपभोक्ताको हकहित तथा अनुगमन गर्न करिब आधा दर्जन निकाय छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्यसम्बन्धी, तरकारी, होटलको अनुगमन गर्नुपर्छ । पशुसेवा विभागले पशुसम्बन्धी, औषधि व्यवस्था विभागले औषधि, गुणस्तर तथा नापतौल विभागले खाद्य वस्तुको गुणस्तर, नापतौल तथा ढकको विषयमा अनुगमन गर्नुपर्छ । यी निकायबाट अनुगमन हुन सकेको छैन ।

संघीय सरचनासँगै अधिकांश स्थानीय निकायलाई अनुगमनको अधिकार दिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छिटफुट रूपमा अनुगमन गरे पनि अन्य निकायबाट हुन सकेको छैन । अन्य निकायबाट अनुगमन नहुँदा बजारमा थप समस्या देखिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिजा गौतमलाई नेपालको पहिलो अफ–रोडर अल–इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स हस्तान्तरण

काठमाडौँ । नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले एलिजा गौतमलाई नेपालको …

प्रतिकृया दिनुहॊस