विप्लवका उपत्यका इन्चार्ज पूर्पक्षका लागि जेल चलान

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका ब्यूरो इन्चार्ज तथा पूर्वराज्यमन्त्री हितमान भनिने नविन विश्वकर्मा पूर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत ललितपुरले विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ ।

विश्वकर्मा गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराएको आरोपमा पक्राउ परेका थिए । बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो ।

प्रहरीले विश्वकर्माविरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग …

प्रतिकृया दिनुहॊस