दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

दाङ । सल्यानमा तरकारी बोकेको पिकअप जिप बिहीबार राती दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन्य सात जना घाइते भएका छन् । दुर्घटनामा कपुरकोट गाँउपालिका–४ किमिचौरका कर्मि पुनको ज्यान गएको हो ।

गम्भीर घाइते भएकी पुनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा शुक्रबार बिहान ज्यान गएको हो । कपुरकोट गाँउपालिका–४ किमिचौरबाट कपुरकोट आउँदै गरेको लु १ च ४१५३ नम्बरको पिकअप जिप दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते सात जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तरकारी बोकेको जिपमा चालकसहित ९ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अत्यधिक लोडका कारण जिप दुर्घटनामा परेको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds