भोटेबहालमा बसको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

काठमाण्डौ । भोटेबहालमा बसको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ ।

बुधबार बिहान त्रिपुरेश्वरबाट कालिमाटीका लागि छुटेको बा ५ ख ७३९१ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका पर्सा ब्रम्हपुर नगरपालिका–३ का ३५ वर्षका भिम लामालाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालमा नै लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री