काठमाडौं । दशैं–तिहारको अवसरमा एन आई सी एशिया बैंकका ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट मिल्ने भएको छ ।
उक्त सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्नुहुने बैंकका ग्राहकहरुले उपरोक्त छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै यस बैंकमा खाता नभएका इच्छुक महानुभावहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एन आई सी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोली इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न पनि सक्नेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले हस्ताक्षर गरे । आश्विन ८ गतेदेखि कात्र्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको छ ।
प्रतिकृया दिनुहॊस