जनता बैंकले १२ प्रतिशत लाभांश दिने

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ । असोज ५ गते आइतवार बसेको सञ्चालक समितिको २९१ औं बैठकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनी सचिव विष्णु सुवेदीले विकासन्युजलाई जानकारी दिए ।

बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ३१ करोड खुद नाफा गरेको थियो । सो पुँजीको आधारमा १२ प्रतिशतले हुन आउने त्यसबाट ९६ करोड ९४ लाख रुपैयाँ लाभांश वितरण गर्न लागिएको बैंकले जनाएको छ । २०७६ असार मसान्तमा बैंकको चुक्ता पूँजी ८ अर्ब ७ लाख रुपैयाँ छ ।
नियमानुसार लाग्ने कर शेयरधनीहरुलाई वितरण गरिने नगद लाभांशबाट कट्टा गरिने बैंकले जनाएको छ । बैंकले प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभांश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

ग्लोवल आईएमई बैंकसँग गाभिन लागेको यो बैंकले गाभिनुपूर्व ६ प्रतिशत बोनस सेयर थप्दै पुँजी वृद्धि गर्ने भएको छ । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी करिव ८ अर्ब ५५ करोड रुपैयाँ हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds