नेपाल बैंककाे संविधान दिवसको अवसरमा सम्बृृृद्धि व्यवसाय कर्जा शुरु

काठमाडौँ । नेपाल बैंक लिमिटेडले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ खुल्ला रक्तदान, सार्वजनिक स्थल सरसफाई, दीपावली, प्रभात फेरी, संविधानविदहरुसित अन्तरक्रिया लगायत नयाँ कर्जा सेवा शुभारम्भ तथा विविध कार्यक्रमको आयोजना गरी मनाएकाे छ ।

बैंकले सरकारको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई साकार बनाउन उद्योग वा व्यवसाय विस्तारका लागि सम्बृद्धि व्यवसाय र सेवाग्राही कर्जा, वातावरणीय सुधार निम्ति ग्रिन फाइनान्सिङ्ग कर्जा लगायतका नयाँ कर्जा सेवाहरु समेत सुरुवात गरेको जानकारी दिएकाे छ ।

यसका साथै बैंकबाट सञ्चालित भुगोल पार्क वरपर सरसफाई कार्यक्रमको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले शुभारम्भ गरेका हुन् । बैंकद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सरिक ५० जना रक्तदातालाई बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले प्रमाणपत्र प्रदान गरे ।

त्यसैगरी बैंक कर्मचारीको सहभागितामा बाजागाजा तथा राष्ट्रिय झण्डासहित भव्य प्रभात फेरी सम्पन्न गरियो । साथै बैंकद्वारा यसै सप्ताहान्तमा नेपालको वर्तमान संविधानबारे वरिष्ठ संविधानविद पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।

राष्ट्रिय दिवस उल्लासमय ढंगले मनाउने क्रममा असोेज १ देखि ४ गतेसम्म प्रधान कार्यालय तथा विभिन्न प्रादेशिक तथा शाखा कार्यालयहरुमा दीपावलीका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस