करेन्ट लागेर एक बालकको मृत्यु

उदयपुर । क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा) को तारबाट करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ । बेलका नगरपालिका– का आठ बर्षिय बालक सुमन बस्नेतको मृत्यु भएको हो ।

नगरपालिकाले जडान गरेको सीसी क्यामेरा रामपुर बजारको मुख्य क्षेत्र प्रहरी कार्यालय, नगरपालिका कार्यालय साथै अस्पताल रहेको सडक स्थलमा तार चुडिएको ६ घण्टापछि बालक करेण्टले मृत्यु भएको हो ।

चिसो पेय पदार्थ बोकेको मिनि ट्रकले ११ बजे तिरै तार चुडाएको स्थानीयले बताए । ईलाका प्रहरी कार्यलय रामपुरका अनुसार साँझ साढे ५ बजे विद्यालयबाट फर्किएका बस्नेतलाइ करेण्ट लागेको हो ।

घाइते बालकलाई वीवी स्वास्थ्य प्रतिष्ठान भरान पठाइएको तर अस्पताल पुग्न साथ मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस