स्ट्याण्डर्ड चार्टर्डलाई ‘ए’ श्रेणी प्रदान

काठमाडौं । नेपालको पहिलो सम्मान श्रेणी निर्धारण गर्ने एजेन्सी आइसीआरए नेपाल र भारतीय आइसीआरएको सहायक निकायद्वारा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ‘ए’ श्रेणी प्रदान गरिएको छ ।

एससीबीलाई आइसीआरएएनपी–आइआरद्वारा जारी श्रेणीमा तीनवटा विधामा ‘ए’ श्रेणी प्रदान गरिएको हो । श्रेणी मूल्याँकनको आधार वित्तिय दायित्वहरुको समयमै सेवासँग सम्बन्धित सुरक्षाको उच्च डिग्री हुनुलाई लिइन्छ । यसप्रकारका जारीकर्ताहरुले अत्यन्त कम क्रेडिट जोखिम बहन गर्दछन् ।

श्रेणी निर्धारण कार्यको कारक बैंकको मजबुत अविभावकत्व (स्ट्याण्डर्ड चार्टर्ड समुहको ७० प्रतिशत हिस्सा) मानिएको छ । साथै एससीबी–युकेसँग गरिएको विद्यमान प्राविधिक सेवा सम्झौता पनि भएको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस