हेटौंडा । प्रदेश-३ को राजधानी रहेको हेटौंडाको मुख्य स्थान बुद्ध चोकमा शुक्रबार विहान बम फेला परेको छ। फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरेको छ। संविधान दिवस अवसरमा प्रदेश सरकारको आयोजना गरेको र्याली निस्कने बाटो मै बिहानै बम भेटिएको हो।
बिहान साढे ५ बजे भेटिएको बम ७ बजे सेनाले डिस्पोज गरेको हो। मध्य पृतना हेर्डक्वार्टरबाट आएको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्दा ठूलो आवाज आएको थियो। टेपले बानेर राखेको प्रेसर कुकरभित्र ढुङ्गा र तार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन्।
तपाईंको प्रतिकृया




