सुनको भाउ बढ्याे, तोलाकाे ७१ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

विहिवार छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।  शुक्रवार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

महासँघका अनुसार, शुक्रवार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । विहिवार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री