काठमाडाैँ । माछापुच्छ्रे बैंकले क्रेडिट कार्ड रिफर योजना ल्याएको छ। ‘जसको ठूलो स्वर उसले पाउछ मोर’ भन्ने यो योजनामा ग्राहकले क्रेडिट कार्ड रिफर गरेपछि नगद उपहार पाउनेछन्।
बैंकका अनुसार आफ्ना नजिनका मान्छेलाई एमबिएल क्रेडिट कार्ड रिफर गरेबापत् प्रतिकार्ड ७५० रुपैयाँसम्म उपहार पाउने छन्। यसमा १ देखि ७ वटा कार्ड रिफर गर्दा प्रति कार्ड ५ सय रुपैयाँ पाइने छ। १० भन्दा बढी रिफर गरेमा प्रति कार्ड ७५० रुपैयाँ पाउने छन्।
त्यस्तै स्टुडेन्ट कार्ड रिफर गरेपछि १० कार्डसम्म प्रति कार्ड १५० र २० भनदा बढी कार्ड रिफर गर्दा २५० रुपैयाँसम्म पाउने छन्।
तपाईंको प्रतिकृया




