कोटेश्वरमा खुल्यो ब्युटि स्टेशन, सौन्दर्य सेवाका साथै सीप सिकाउने

काठमाडौं ।   सौन्दर्य ब्यवसायमा संलग्न दुई युवा ब्यवसायीले राजधानीकोे कोटेश्वरस्थित सेती ओपी मार्गमा रिगल ब्युटी स्टेशन संचालनमा ल्याएका छन् ।
उक्त ब्युटी स्टेशनको नेपाल महिला संघकी केन्द्रिय सदस्य  भद्रा भण्डारीले उद्घाटन गरिन् । रिगलले महिलाहरुको सौन्दर्यसम्बन्धी सबै समस्या समाधान गर्ने छ ।
यसले सौन्दर्य कला र कपाल कलासम्बन्धी कक्षासमेत संचालन गर्ने संचालक बबिता मानन्धर कायस्थले जानकारी दिइन् । ‘हामी यहाँ आउने महिलाको सौन्दर्यसम्बन्धी सबै सेवा उपलब्ध गराउने छौं’, उनले भनिन्, ‘विवाहका लागि महिलाहरुलाई चाहिने सृंगार सम्पूर्ण रुपमा गर्ने छौं ।’
रिगल ब्युटी स्टेशनको संचालन यस्थ र एलिजा ठकुरी मिलेर गरेका हुन् ।
बजारमा सौन्दर्यसम्बन्धी सेवा दिने राम्रो र उपयुक्त स्थानको अभावलाई परिपूर्ती गरी उत्कृट सेवा दिने उद्देश्य राखेर ब्युटी स्टेशन संचालन गरिएको अर्की संचालक ठकुरीले बताइन् ।
 सौन्दर्य कला र कपालको कला सिकेर आत्मनिर्भर बन्न चाहने महिलालाई सिप सिकाएर रोजगारीको अबसर उपलब्ध गराउने ठकुरीले बताइन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मिस लिटील नेवा: कात्तिक ६ गते हुने

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले …

प्रतिकृया दिनुहॊस