विज्ञ टाेलीले भन्यो – फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल ल्याउन सकिन्छ

काठमाडाैँ । अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) को किनारैकिनार काठमाडौँसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ ।

सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्र्याकमार्फत पाइप बिछ्याएर काठमाडौँमा तेल ल्याउन सम्भव देखाएको हो ।

आइओइका पूर्वडिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच–बीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर पाइपमार्फत काठमाडौँमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको बताए ।

प्ररम्भिक अध्यनमा फास्ट ट्रयाक पाइप बिछ्याएर काठमाडौँसम्म तेल ढुवानी गर्न सकिने देखिएको बज्राचार्यले बताए । उनले अध्यन सकाएर प्रतिवेदन तयार पारिरहेको पनि जानकारी दिए । उनका अनुसार विज्ञ टोलीले प्रतिवेदनलाईअन्तिम रुप दिइरहेको छ । निजगढ–काठमाडौँ फास्ट ट्र्याकको लम्बाइ ७६ किलोमिटर छ ।

आईओईको विज्ञ टोलीले निगमसँगको सहकार्यमा अध्ययन गरेको हो । जिपिएस र बाटोबाटै सर्भे गरिएको बज्राचार्यले बताए । निजगढ तीन सय मिटर र काठमाडौँ १२ सय समटरको उचाइमा बीच–बीचमा पम्पको प्रेसरमार्फत तेल ल्याउन सकिने देखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ …

प्रतिकृया दिनुहॊस