एनआइसी एसिया बैंकको १०% बोनस सेयरमा भयो मूल्य समायोजन

काठमाडौं । एनआइसी एसिया बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि आइतबार यसको सेयर कारोबार प्रतिकित्ता ४०७ रुपैयाँ २७ पैसालाई आधार मानेर खुलेको छ । बैंकले गत वर्षको नाफाबाट ११.०५२६% नगद र १०% बोनस सेयर गरी कुल २१.०५२% लाभांश दिन लागेको हो ।
साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा असोज १० गते बिहान ९ बजे सुरु हुनेछ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा एनआइसीले ३ अर्ब ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५६ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धन गर्न समझदारी गरेका छन् …

प्रतिकृया दिनुहॊस