महोत्तरी । औरही नगरपालिका–३ मा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ । करेन्ट लागेर नरेश महतोको ३ वर्षीया छोरी सिमाकुमारी महतोको मृत्यु भएको हो ।
बिहीबार राति खाटमा खेल्ने क्रममा कोठामा रहेको बिजुलीको प्लगमा हात पसाउँदा करेन्ट लागेर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
बालिकाको शवलाई पोस्टमर्टम गरी अन्तिम संस्कारको लागि अभिभावकलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक किशोर अचार्यले जानकारी दिए ।
तपाईंको प्रतिकृया




