काठमाडौँ । पोखराकी एक युवतीलाई अपहरण गरी फिरौती रकम माग गर्ने चारजना पक्राउ परेका छन् । अपहरणमा परेकी युवतीलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पोखराकी एल्ली गुरुङलाई बिहीबार अपहरण गरी रु दुई लाख ५० हजार फिरौती रकम माग गर्ने चार जनालाई राति नै पक्राउ गर्न सफल भएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।
पक्राउ पर्नेमा नुवाकोटका मिलन राई, काभ्रेका विनेश पहरी, सिन्धुपाल्चोकका दिनेश लामा र काठमाडौँका सुशील उप्रेती छन् ।
तपाईंको प्रतिकृया




