काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको गेट अगाडिबाट कास्की पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने ३८ वर्षीय एल्लि गुरुङलाई अपहरण गरी २ लाख ५० हजार रूपैयाँ फिरौती रकम माग गर्ने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका.१३ सोल्टीमोड बस्ने नुवाकोट लिखु गाउँपालिका.४ का ३१ वर्षीय मिलन राई, काठमाडौं सितापाईला बस्ने काभ्रे भुम्लु गाउँपालिका घर भएका ३० वर्षीय बिनेश पहरी, काठमाडौं सोल्टीमोड बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-२ घर भएका ३० वर्षीय दिनेश लामा र काठमाडौं सोल्टीमोड बस्ने २३ वर्षीय सुशिल उप्रेती रहेका छन् ।
तपाईंको प्रतिकृया




