काठमाडौं । ओपोले गुगलको क्यामेराएक्स सपोर्ट गर्ने उपकरण निर्माता कम्पनीको नयाँ ब्याट्चमा आफूपनि सम्मिलित हुने घोषणा गरेको छ । क्यामेराएक्स, क्यामेरा एप डेभलपमेण्टका लागि नयाँ एण्ड्रोइड जेटप्याक सपोर्ट लाइब्रेरी हो ।
शाङघाईमा भाद्र २५मा आयोजित गुगल डेभलपर डेज् चाइना २०१९ (जीडीडी चाइना २०१९)मा ओपोको ईमेजिङ प्रविधि र क्यामेरा एक्सद्वारा सञ्चारित रेनो १०एक्स जुम ह्याण्डसेट मार्फत प्रदर्शित गरिएको थियो । कार्यक्रम मार्फत ओपो र गूगलले नयाँ समाधान सपोर्ट गर्ने क्षमता सहितका ओपो स्मार्टफोनका लाइनअपको घोषणा पनि गरेको थियो ।
विकासकर्ताहरु लाई फोनमै रहेका क्यामेरा एप मार्फत क्यामेरा अनुभव र फिचर्स थप सुदृढ गर्न सघाउने गूगलको क्यामेराएक्स एण्ड्रोइड सोल्यूशन ओपो रेनो १०एक्स जुम र नयाँ ओपो रेनो२ लगायत विभिन्न ओपो उपकरणले सपोर्ट गर्नेछ ।
ओपो स्मार्टफोन्समा क्यामेराएक्स समायोजनसंगै विकासकर्ताहरुले अब कोडका केही लाइन राखेकै भरमा ओपोको अग्रणी ईमेजिङ प्रविधिसम्म आफ्नो पहुँच बनाउन सक्नेछन् ।
उपकरणकालागि विशेष निर्मित कुनै कोड विना, क्यामेराएक्स सपोर्ट गर्ने उपकरणले विकासकर्तालाई ओपोको एचडीआर र ब्यूटी क्षमता लगायतको प्रयोग मार्फत सहजै एप अनुभव सुदृढिकरण गर्न सघाउँछ ।
“नवप्रबर्तनात्मक उत्पादनका माध्यमबाट वैश्विक प्रयोगकर्ता लाई उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्न ओपो सदैव प्रतिबद्ध छ । हामी गुगलको क्यामेराएक्ससंग सहकार्य गर्दै विकासकर्ताहरुका लागि स्वस्थ र खुला इकोसिस्टमको विकास गर्दै ईमेजिङ प्रविधिमा थप समाधानको खोजी गर्ने कार्यमा सघाउन पाउँदा निकै गौरवान्वित छौँ ।
”, ओपोमा सफ्टवेयर ईञ्जिनियरिङका उपाध्यक्ष एण्डी वुले भने, “ईन्टेलिजेन्ट कनेक्टिविटीको यूगमा सर्वाधिक नवप्रबर्तनात्मक एप्सको विकासमा टेवा पु¥याउँदै विश्वभरका प्रयोगकर्ताका लागि सहज र सुन्दर जीवनको आधार निर्माण गर्ने कार्यलाई निरन्तर्ता दिनेछौँ ।”
क्यामेराएक्सको प्रारम्भिक अंगिकारकर्ताको रुपमा, ओपोले आफ्नो नवप्रबर्तनात्मक ईमेजिङ प्रविधि विकासकर्ताहरुका लागि खुल्ला गरिदिएको छ । यसको माध्यमबाट अब विकासकर्ताले ओपो प्रयोगकर्ताहरुका लागि अझ अनुकुलित एप अनुभव प्रदान गर्न सक्नेछन् । जीडीडी चाइना २०१९मा ओपोले रेनो १०एक्स जुम ह्याण्डसेट्सको माध्यमबाट नयाँ क्षमता प्रत्यक्ष प्रदर्शित गरेको हो । साथै, तिनले आगन्तुकहरुलाई ओपो बुथमा आमन्त्रित गर्दै क्यामेराएक्स भएका र नभएका ह्याण्डसेट्स क्यामेराएक्स बेसिक्स मार्फत परिक्षण गर्ने अवसर प्रदान गरेको थियो । परिक्षणमा फोटोका गुणस्तरमा नाटकिय सुधार देखिएको थियो । एप मार्फत सहभागिहरुले ब्यूटी मोड र एचडीआर जस्ता ओपोका अत्याधुनिक फिचर्सको फाइदा उठाउँदै उच्च गुणस्तरिय तस्विर खिच्ने अवसर पाएका थिए ।
ईमेजिङ प्रविधिमा अग्रणी, ओपोले स्मार्टफोन फोटोग्राफी र सम्बन्धित क्षेत्रमा अतुलनिय नवप्रबर्तन र विकासलाई निरन्तर्ता दिइरहेको छ । क्यामेराएक्स मार्फत आफ्ना क्यामेरा क्षमता तेस्रो पक्षका विकासकर्ता (थर्ड पार्टी)का लागि खुला गर्दै ओपोले आफ्नो क्यामेरा प्रविधिलाई प्रयोगकर्ताका ब्यवसायिक, सटिक र उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्नका लागि तिनको आवश्यकता र चाहना अनुसार सुधार र परिमार्जन गर्ने बाटो खुला गरिदिएको छ ।




