एनआइसी एशिया बैंककोे नयाँ शाखा बैतडीको पाटनमा

काठमाडौं । एनआइसी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैतडी जिल्ला, पाटन नगरपालिका ६ स्थित पाटन शाखा विहीबार गतेदेखि सञ्चालनमा आएको हो ।

पाटन शाखाकोे समुद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरेका थिए । पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

एनआइसी एशिया बैंकले  मुलुकभर २९८ शाखा कार्यालय, ३ सय ५५ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

उक्त बैकले वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा र कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस