काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो शाखा बिस्तारको क्रममा ९५ औं शाखा ललितपूर जिल्लाको खोकनामा सञ्चालनमा ल्याएको छ ।
भाद्र २६ गते ललितपूरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुभारम्भ गरेको छ । उक्त शाखाको औपचारिक समुद्घाटन पम्फा भुसालले गरेकी हुन् । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिएका थिए ।
बैँकले यस आसपासका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
खोकना शाखा बिस्तारसँगै बैंकले ९५ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७९ वटा (ATM) बाट बैंकिङ्ग सेवा दिने बताइएको छ ।
प्रतिकृया दिनुहॊस