नबिल बैंक र एडुकेशन कन्सलटेन्सीबीच सम्झौता

काठमाडौं । नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (इसिएएन) बीच विशिष्ट बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धीबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर  गरेका हुन् ।

सम्झौता   पश्चात नबिल बैंकले इसिएएनसँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारीक बैंकको रुपमा सेवा प्रदान गर्नेछ ।

सम्झौता अन्तर्गत बैंकले इसिएएन सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस