बालिका बलात्कार प्रयासको आरोपमा एक जना पक्राउ

रसुवा । दुई बालिकामाथि बलात्कार प्रयासको आरोपमा प्रहरीले एक जना युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको त्रिवेणी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष सुनार रहेका छन् ।

आइतबार दिउँसो बालिकाहरुलाई फकाएर जंगलतर्फ लगी बलात्कार प्रयास गर्न लाग्दा प्रहरीले पक्राउ गरेको हो । एक ६ वर्षीया बालिका र अर्की १२ वर्षीया बालिकामाथि सुनारले बलात्कार प्रयास गरेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार …

प्रतिकृया दिनुहॊस