अर्थमन्त्री खतिवडाको कर नीतिमा सांसद् बिनोद चौधरीको आलोचना

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको कर नीतिलाई प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद् बिनोद चौधरीले आलोचना गरेका छन् । अर्थमन्त्री खतिवडाले पैत्रिक सम्पत्तिको हस्तान्तरणमा कर लगाउने वताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा  चौधरीले पैत्रिक सम्पत्तिमा कर लगाउने निर्णय कार्यान्वयन गर्दा अर्थतन्त्र मात्रै नभएर पारिवारिक र सामाजिक क्षेत्रमा  विकृति आउने बताए ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै चौधरीले पैत्रिक सम्पत्तिको हस्तान्तरणमा कर लगाउने निर्णय कार्यान्वयनमा आए गम्भिर बिकृति आउने बताए ।

उनले नेपाल सबैभन्दा बढी ३० प्रतिशत कर लगाउने देश भएको भन्दै यसले लगानीको वातावरण नबन्ने धार०ा राखे ।  औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन सरकार असफल हुँदै गएको वताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री