मेरो माइक्रोफाइनान्सको नयाँ कर्जा र बचत योजना

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ‘मेरो बचत मेरो कर्जा’ सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०७६-७७ को शुरूआतसँगै नयाँ कार्यक्रमका रूपमा उक्त कर्जा कार्यक्रम सञ्चालन गर्न लागिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले बताए ।

उक्त खातामा दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने कम्पनीले बताएको छ । संस्थाको शाखा कार्यालय नजीकै साना तथा मझौला व्यवसाय गरिरहेका महिला तथा परिवारलाई वित्तीय सुविधा प्रदान गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको संस्थाको भनाइ छ ।

लघुवित्तको परम्परागत ढाँचाअनुसार लघुवित्तमा आबद्ध हुन नसकेका ग्राहकका लागि उक्त कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको संस्थाले बताएको छ । उक्त कार्यक्रमको प्रमोशनका लागि दुईदिने अभिमुखीकरण तालीम पनि भइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका …

प्रतिकृया दिनुहॊस