कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ भने घट्यो

काठमाण्डौ । बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्रबैंकले बिहीबार १ अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६९ पैसा तोकेको छ । बुधबार अमेरिकी डलर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५  पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा थियो । यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९० पैसा थियो ।

बिहीबार ओमानी रियालको खरिददर एकको २९९ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो यसको १ को खरिददर २९९ रुपैयाँ ५१ पैसा थियो । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा थियो ।

यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा पुगेको छ । हिजो बुधबार यसको १ को खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१  पैसा थियो ।  बिहीबार कोरियन वनको भाउ भने बढेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा पुगेको छ । मंगलबार वन १ सयको को खिरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८० रुपैयाँ ६३ रुपैयाँ तोकेको छ । बुधबार कुवेती दिनार १ को खरिददर ३७९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६३  पैसा थियो । यस्तै बहराइन दिनार १ को खरिददर ३०५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३०६ रुपैयाँ ८३ पैसा छ । बुधबार यसको १ को खरिददर ३०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०८ रुपैयाँ ०४ पैसा थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस