म्यानपावरको संख्या ८ सय ४८ मात्रै, ३ सय ३ म्यानपावर खारेजीमा (सूचीसहित)

काठमाण्डौ । अब देशभर ८ सय ४८ वटा मात्रै म्यानपावर कम्पनी रहने भएका छन् । १५ सयभन्दा बढी म्यानपावर दर्ता भएकामा अब ८ सय ४८ म्यानपावर कम्पनीले मात्रै सरकारले अनुमति दिएको गन्तव्य देशमा कामदार पठाउन पाउने छन् । सरकारले धरौटी रकम बुझाउन दिएको अन्तिम म्याद बुधबारसम्म ८ सय ४८ म्यानपावरले न्यूनतम धरौटी जम्मा गरेका हुन् ।

३ सय ३ वटा म्यानपावर कम्पनी आपसमा गाभिएर एकसय ३१ वटा बनेका छन् । इजाजतपत्र लिएकामध्ये  ३ सय ३ वटा म्यानपावर धरौटी बढाउन नसकेकाले खारेजीमा परेका छन् ।

एक आर्थिक वर्षमा ३ हजार भन्दा कम कामदार पठाउने म्यानपावरले दुई करोड,  ५ हजारसम्म कामदार पठाउनेले ३ करोड तथा ५ हजारभन्दा बढी कामदार पठाउनेले ६ करोड रुपैयाँ धरौटी राख्नुपर्छ ।

यस्ताे छ धरौटी जम्मा गर्ने म्यानपावरको सूची  [googleapps domain=”drive” dir=”file/d/1sCi2BcoP9KFszKtj_vGX0-OfTibFbfzj/preview” query=”” width=”640″ height=”480″ /]

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस