काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ८२ औं शाखा बाँकेको कोहलपुरमा संचालनमा ल्याएको छ । यही भाद्र १८ गते एक समारोहका बीच बैंकका संचालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले उक्त शाखाको उद्घाटन गरे । उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ज्ञान ज्योति माध्यमिक विद्यालय, बगिया कोहलपुरलाई ५० हजारको आर्थिक सहयोग प्रदान गरेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी दिए ।




