जोन्टा क्लबद्वारा एभरेष्ट बैंकको सहकार्यमा नवलपरासीको विद्यालयमा शौचालय निर्माण

काठमाडौं । जोन्टा क्लब काठमाडौंले एभरेष्ट बैंक लिमिटेडको सहयोगमा तल्लो भ्यूरन मध्यबिन्दु नगरपालिका वडा नं. १५ स्थीत बालसिद्ध बेसिक स्कुलमा शौचालय निर्माण गरेको छ ।

एभरेष्ट बैंकका तर्फबाट नारायणघाट शाखाका डेप्यूटी म्यानेजर प्रभात उप्रेती र जोन्टा क्लब काठमाडौंकी प्रेसिडेन्ट सीमा गोल्छाले स्कुल भ्रमण गरेर स्कुल कमिटीका अध्यक्ष र प्रधानध्यापकलाई निर्माणित शौचालय हस्तान्तरण गरेका छन् ।

जोन्टा क्लबका तर्फबाट जोली राजभण्डारी, प्रतिक्षा राणा र बिपाशी तुलाधरको पनि उपस्थीति रहेको थियो । बालिकाहरुले स्कुल छोड्नुको प्रमुख कारण नै विद्यालयमा शौचालयको अभाव हो ।

यसले गर्दा उनीहरुको शिक्षामा बाधा पु¥याउँछ जसले गर्दा उनीहरुको सर्वांगिण विकासमा प्रभाव पर्छ र आर्थिक सशक्तिकरणमा असर पार्दै चरम गरिबी, बाल विवाह र हिंसाको चक्रमा पार्दछ ।

विद्यालयका शिक्षकहरु, बालबालिका र सहभागीहरुले एभरेष्ट बैंक र जोन्टा क्लबको यस सहयोगको प्रशंसा गरेका छन् । जोन्टा यस प्रयासमा एभरेष्ट बैंकसँग सहकार्य गर्न पाउँदा निकै खुसी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds