उनी बुवा र सुनसरी बराहक्षेत्रकी साथी आशा राईसहित ११ भदौमा विराटगर आइन्। बेलुकीपख सन्तोषसँग भेट भयो। उनले विष्णु र उनका बुवालाई विराटनगरको ग्यालेक्सी होटलमा राखे। अनी विष्णुकी साथी आशालाई ‘तिमीलाई राजविराजस्थित एनआइसी बैँकको शाखामा आजै हाजिर गराउनुपर्छ,’ भन्दै सफारी गाडीमा हालेर इटहरीतर्फ लगे।
इटहरीबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ सीतापुरस्थित एकान्त स्थानमा लगेर उनी आशामाथि जाइलागे। यो खबर आजको कान्तिपुर दैनिकमा राजविराजबाट अवधेशकुमार झाले लेखेका छन्।
मुख थुनेर उनको साथमा रहेको नगद, मोबाइल र सुनचाँदीका गरगहना गरी दुई लाख रुपैयाँ लुटपाट गरे। जसोतसो ज्यान जोगाएर आइन् र कन्चनपुरको इलाका प्रहरी कार्यालयलाई सम्पर्क गरिन्।
आशासहित यसअघि परेका विभिन्न जाहेरीका आधारमा प्रहरीले यादवलाई १४ भदौमा मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित डेराबाट नियन्त्रणमा लिएको छ। प्रहरी अनुसन्धानबाट उनले जागिरको प्रलोभनमा डेढ दर्जन युवतीलाई बलात्कार र लुटपाट गरेको खुलेको छ।



