राष्ट्र बैंकद्वारा संस्थागत निक्षेप लगानीको लागि आव्हान

काठमाडौ – नेपाल राष्ट्र बैकले संस्थागत निक्षेप लगानीको लागि आव्हान गरेको छ । राष्ट्र बैंकले आफ्नो बिभिन्न कोषमा भएको एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुलाई आव्हान गरेको हो ।

यसरी राखिने रकम एक बर्षिय मुद्धती निक्षेपकोरुपमा २०७६ असोज एक गतेदेखि बिसं २०७७ भदौ ३१ गतेसम्मको लागि रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार कुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि एक अर्ब २६ करोड ८६ लाख, बिकास बैंकहरुको लागि २३ करोड ७८ लाख र फाईनान्स कम्पनीहरुको लागि सात करोड ९२ लाख रुपैयाँ रहेको छ ।

रकम लगानीको लागि बैंक फाईनान्स कम्पनीहरुले भदौ १९ गते अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनुपर्ने छ । यसको लागि निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमा भन्दा बढी हुन नहुने, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, प्रावधानहरु तोकिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री