हरितालिका तीज शुरु, आज दर खाने दिन

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आजबाट शुरु भएको छ । तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार आज हिन्दु महिला दिदीबहिनीहरुले माइती, आफन्त जन र साथी संगीनीसँग मिलेर मीठा मीठा परिकार सहित दर खाने गरेका गर्दछन् ।

दर खाएको भोलीपल्ट निराहार ब्रत बसी हरितालिका तीज मनाउने गरिन्छ । धार्मिक मान्यता अनुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्धितीयका दिन दर खाई तृतीयका दिन ब्रत बसेको किंवदन्ती छ ।

अविवाहिताहरुले महादेव जस्तै पति पाउनका लागि र विवाहिताहरुले आफना पतिको दीघार्युको कामना गर्दै निराहार ब्रत बस्ने चलन छ ।यसैबीच हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरको पूर्वी ढोका भक्तजनहरुका लागि खुल्ने भएको छ ।

यसअघि २ दशकदेखि तीजको बेला यो ढोका बन्द हुँदै आएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लरेन्स विश्नोईको नाममा व्यवसायीलाई धम्की दिने फुयाँलको दुर्गा प्रसाईंसँग कनेक्सन

काठमाडौं । नेपाल प्रहरीले भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर धम्की दिने र नेपाली …

प्रतिकृया दिनुहॊस