नविलको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त, अध्यक्षमा शम्भु पौडेल व्याक

काठमाडौं । नविल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । उनी प्रवद्र्धक समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् ।

उनी यसअघि युनाइटेड इन्स्योरेन्सको अध्यक्ष थिए । नविल बैंकको सञ्चालक बन्ने भएपछि उनले इन्स्योरेन्स कम्पनीबाट राजीनामा दिएका थिए । कुमारी बैंकको सीईओ समेत भएका उपाध्यायसँग बैंकिङ क्षेत्रमा करिव ३ दशक काम गरेको अनुभव छ ।

त्यस्तै, बैंकको अध्यक्षमा शम्भुप्रसाद पौडेल फर्किएका छन् । राष्ट्र बैंकले सञ्चालक र सीईओको उमेरहद तोकेपछि साउन २१ देखि नविल बैंक जान छोडेका थिए ।

तर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा तत्काल रोक लगाएपछि पौडेल नबिल बैंक फर्किएका हुन् । पौडेलको अनुपस्थितिमा बैंक सञ्चालक समितिको बैठक निर्माण चौधरीको अध्यक्षतामा हुदै आएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds