काठमाडौं । नविल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । उनी प्रवद्र्धक समूहको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् ।
उनी यसअघि युनाइटेड इन्स्योरेन्सको अध्यक्ष थिए । नविल बैंकको सञ्चालक बन्ने भएपछि उनले इन्स्योरेन्स कम्पनीबाट राजीनामा दिएका थिए । कुमारी बैंकको सीईओ समेत भएका उपाध्यायसँग बैंकिङ क्षेत्रमा करिव ३ दशक काम गरेको अनुभव छ ।
त्यस्तै, बैंकको अध्यक्षमा शम्भुप्रसाद पौडेल फर्किएका छन् । राष्ट्र बैंकले सञ्चालक र सीईओको उमेरहद तोकेपछि साउन २१ देखि नविल बैंक जान छोडेका थिए ।
तर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा तत्काल रोक लगाएपछि पौडेल नबिल बैंक फर्किएका हुन् । पौडेलको अनुपस्थितिमा बैंक सञ्चालक समितिको बैठक निर्माण चौधरीको अध्यक्षतामा हुदै आएको थियो ।
तपाईंको प्रतिकृया




