गोरखाको छेपेटारमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालनमा

गोरखा । प्रभु बैंकले गोरखा  जिल्लाको गोरखा नगरपालिका १० छेपेटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेबाट एक समारोहका बीच उक्त शाखाको उद्घाटन भएको हो ।

कार्यक्रममा प्रमुख बोल्दै गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे । उनले छेपेटार शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए ।

त्यसैगरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे ।

कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ गोरखाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds