एनआईसी एशिया बैंकले २१ प्रतिशत लाभांश दिने

काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । भदौ ११ गते बसेको सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको सेयर पुँजी ९ अर्ब ७६ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

बोनस सेयर घोषणा भएको दिन बैंकको सेयर मूल्य भने प्रतिकित्ता ५ रुपैयाँ घटेको छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४४२ रुपैयाँमा कारोबार भईरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री