नेपाल बैंकको दुई शाखा

काठमाडौं ।  नेपाल बैंकले गुल्मीको शान्तिपूर र पाल्पाको छहरामा  शाखा विस्तार गरेको छ । त्यसैगरी, बैंकले पाल्पाको तानसेन नगरपालिकास्थित मिसन हस्पिटल एरियामा एक्सटेन्सन काउन्टरको पनि स्थापना गरेको छ ।

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपूर शाखा सशस्त्र द्वन्दका बेला असुरक्षाको कारण बन्द भएको थियो ।

सोही शाखालाई बैंक संचालक समितिका अध्यक्ष बासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाक अध्यक्ष द्रोण बहादुर खत्रीले संयुक्त रुपमा उद्घाटन गरी पुनस्थापना  गरेका हुन् ।

पाल्पाको छहरा शाखा र मिसन हस्पिटल एरियाको एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल र बैंक संचालक समितिका अध्यक्ष बासुदेव अधिकारीले संयुक्त रुपमा गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री