भीमसेन जात्रा आज मनाईँदै

काठमाडौँ । ललितपुरको मङ्गलबजार परिसरमा आज भीमसेन जात्रा मनाईँदै छ । भीमसेनलाई विशेष गरी व्यापार व्यवसायमा लागेका मानिसले आराध्यदेवका रूपमा पूज्ने गरेका छन् ।

भीमसेनलाई सुगन्धमय धूप साह्रै मन पर्ने भएकाले धुप बालेर विशेष पूजा गरिने नेवार समुदायको भनाई छ ।

भीमसेन मन्दिरमा आज बिहानैदेखि पूजा आरधनाका लागि स्थानीयको ठूलो भिड लागेको मङ्गल टोल सुधार सङ्घले जनाएको छ । प्रत्येक वर्ष भाद्र कष्ण नवमीको दिन भीमसेन जात्रा मनाइने चलन छ ।

सो जात्रामा उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर तीनै शहरका व्यापारीहरू पूजाका लागि पाटन दरबार क्षेत्र परिसरमा आउने गरेका सङ्घका सचिव रविदर्शन धारीले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री