Xi Jinping, China's president, arrives on stage to deliver a speech at Seoul National University in Seoul, South Korea, on Friday, July 4, 2014. Xi and his South Korean counterpart Park Geun Hye said they won't tolerate the development of nuclear arms on the Korean peninsula and called for a revival of disarmament talks with North Korea. Photographer: SeongJoon Cho/Bloomberg *** Local Caption *** Xi Jinping

चिनियाँ राष्ट्रपति सी नेपाल आउने ‘प्रारम्भिक तयारीमा’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणमा आउने तयारी गरेका छन् । वाम गठबन्धनको नेतृत्वमा स्थीर सरकार बन्ने निश्चित भएपछि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी सुरु भएको हो ।

आगामी मार्चमा सी विदेश भ्रमणमा निस्किँदै छन् । सोही बेला उनी नेपाल पनि आउने सम्भावना छ । चीनको परराष्ट्र मन्त्रालयले सीले भ्रमण गर्ने देशहरुको सूचीमा नेपाललाई पनि राखेको जानकारी प्राप्त भएको भन्दै वाम गठबन्धनका शीर्ष नेताहरु उत्साहित छन् ।

माओवादी केन्द्रका एक शीर्ष नेताले पनि चिनियाँ राष्ट्रपति सी आगामी मार्चमा नेपाल आउने तयारीमा रहेकाले आफूहरु त्यसको आन्तरिक तयारीमा लागेको बताए ।  ‘आगामी मार्चमा सी नेपाल आउने प्रारम्भिक तयारी भइरहेको जानकारी चिनियाँ पक्षले हामीलाई गराएको छ । हामी पनि आवश्यक तयारीमा छौं ।’

चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेतृत्वबाट नेपाल भ्रमण भएमा यसले राजनीतिक र कुटनीतिक वृत्तमा ठूलो अर्थ राख्ने भन्दै वाम गठबन्धन पनि भ्रमणलाई भव्यरुपमा सफल बनाउने वातावरण निर्माणका लागि सक्रिय छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा चिनियाँ राष्ट्रपति सी नेपाल आउने तयारी थियो । तर, राजनीतिक अस्थीरतालाई कारण देखाउँदै भ्रमण रद्ध भएको थियो ।

सी सन् २०१२ देखि चिनियाँ राष्ट्रपति छन् । उनी माओत्सेतुङ पछिकै शक्तिशाली नेता बनेका छन् ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

चोरीको मोटरसाइकल कुदाइरहेका विकास काठमाडौंमा पक्राउ

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-९ बाट चोरीको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले समातेको छ । काभ्रेपलाञ्चोकको …

प्रतिकृया दिनुहॊस