एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ ।

एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बिमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरुले एन आई सी एशियाको मोबाइल बैकिङ्गलगायत एन सी एच एल–कनेक्ट आईपीएस र फोन पे एप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सगरमाथा इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे ।

सम्झौतासँगै ग्राहकहरुले छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम रकम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सकिने विश्वास बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मीको सम्मान

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफले नख्खु बाढीमा बगाएकालाई बचाउने काभ्रेका निकलाल तामाङलाई सम्मान गरेको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds