माग १६ अर्ब माग्दा ३३ करोड मात्र पाए

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत ऋण दिने घोषणा गरे पनि त्यस्तो सुविधा पाउनेको संख्या कम रहेको पाइएको छ। वैदेशिक रोजगार बोर्डले स्वदेशमै उद्यम गर्ने चाहना राख्ने युवालाई लक्षित गरी सूचना सर्वजनिक गरेको थियो।

सोही सूचनाअनुसार आवेदन दिएकामध्ये १८ हजार ७३० सहुलियत ऋणका लागि योग्य रहेको भन्दै बोर्डले सूचीकरण गरेको थियो। त्यसरी माग गरिएको आवेदनअनुसार युवार्ल १६ अर्ब रुपैयाँभन्दा बढी रकम ऋण लिन खोजेको बोर्डले जनाएको समाचार नागरिक दैनिकमा छ ।

सहुलियत ऋणका लागि ठूलो संख्याका युवाले आवेदन माग गरे पनि आर्थिक वर्ष २०७५/७६ मा विभिन्न बैंकहरुले ३३ करोड रुपैयाँ मात्र ती युवाहरुलाई सहुलियत दिएको राष्ट्र बैंकले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस