काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको हवाई महानिर्देशकहरुको सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।काठमाडौंको सोल्टी होटलमा पाँच दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहने आयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकसहित ३ सय ९० भन बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ ।आइकाओमा नेपालसहित १ सय ९३ सदस्य राष्ट्र छन् । आइकाओ स्थापनाको ७५ औं हीरक वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन हुन लागेको हो ।
तपाईंको प्रतिकृया



