आज यस वर्षकै सबैभन्दा जाडो, अझै घट्छ तापक्रमः मौसमविद

आज यो वर्षकै सबैभन्दा चिसो दिनको रुपमा रेकर्ड भएको छ । मौसमविद शान्ति कँडेलका अनुसार शुक्रबार विहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस छ ।उनको भनाइअनुसार यो सन् २०१७ कै सबैभन्दा कम तापक्रम हो ।

काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । अब केही दिन अझै चिसो बढ्दै जाने कँडेलले बताइन् ।

पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ । शुक्रवार पश्चिम तराइका केही भेगमा लागेको हुस्सु दिउँसोसम्म पनि थियो । अब हुस्सु लाग्नेक्रम पूर्वी तराईमा समेत बढ्दै जाने मौसमविद कँडेलको भनाई छ । पश्चिमी वायुको प्रभावले अब केही दिन अझै जाडो बढ्ने सम्भावना रहेको उनले बताइन् ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथबाट फर्केको विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते (नामसहित)

काठमाडौं । मुक्तिनाथ दर्शन गरेर फर्किँदै विद्यार्थी चढेको बस मंगलबार बिहान कागबेनी-मुक्तिनाथ सडक खण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस