नेपालमा कृषिजन्य वस्तुमासमेत परनिर्भरता बढ्यो, बार्षिक अर्बौं रुपैयाँको खाद्यान्न भित्रिदै

काठमाडौं । नेपालमा कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दै गएको पाइएको छ । बजारको मागअनुसार कृषिजन्य वस्तु उत्पादन गर्न नसक्दा परनिर्भरता बढेको हो । अहिले भारत, चीनलगायतका देशबाट वार्षिक अर्बौं रुपैयाँको खाद्यान्न नेपाल भित्रिने गरेको छ । धेरैजसो युवा रोजगारीका लागि बिदेसिन थालेपछि भूमि बाँझो हुने र उत्पादनमा कमी आएकाले आयात गर्नुपर्ने आयात बढेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा कृषिजन्य खाद्यवस्तुमा मात्र १ खर्बभन्दा बढीको आयात भएको छ । जसमा चामल मात्र ३२ अर्बको आयात भएको छ । यसैगरी, तरकारी २८ अर्बको आयात भएको छ भने खाने तेल ३७ अर्बको आयात भएको छ ।

सरकारी तथ्यांकअनुसार नेपालमा उत्पादन हुने कागती पाँच प्रतिशत मात्रै उत्पादन हुन्छ । ९५ प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । यसैगरी, प्याजको आन्तरिक उत्पादन ५ प्रतिशत मात्र छ । ९५ प्रतिशत विदेशबाट आयात हुने गरेको छ ।

फलफूल आयात ७० प्रतिशत र आन्तरिक उत्पादन ३० प्रतिशत छ । प्रमुख तरकारी तथा फलफूलको आन्तरिक उत्पादन ६० प्रतिशत छ भने विदेशबाट ४० प्रतिशत आयात भैरहेको छ । अन्य फलफूल ३० प्रतिशत आन्तरिक उत्पादन छ भने ७० प्रतिशत विभिन्न देशबाट आयात हुने गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री