गगन थापा दक्षिण अफ्रिकामा

काठमाडौँ । काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा निर्वाचित काँग्रेस नेता सांसद तथा पूर्वस्वास्थमन्त्री गगन थापा दक्षिण अफ्रिका गएका छन् । थापा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको उच्चस्तरीय स्वास्थ्य प्रणालीबारे ल्यान्सेट आयोगको एक विशेष बैठकमा भाग लिन त्यहाँ पुगेका हुन् ।

काँग्रेस नेता थापाले सामाजिक संजाल ट्वीटरमार्फत आफू साे बैठकमा सहभागी भएको तस्वीर पोष्ट गरेका छन् । यो आयोगमा संसारभरिबाटै विद्धत वर्ग, नीतिनिर्माता तथा स्वास्थ्यप्रणालीका जानकारहरु सहभागी रहेका छन् ।

आयोगले निम्न र मध्य आय भएका देशहरुका लागि स्वास्थ्य प्रणालीको गुणस्तरमा काम गर्दै अाएकाे छ । पूर्व स्वास्थ्यमन्त्री भएका बेला स्वास्थ्य क्षेत्रमा गरेको कामको मूल्या‌ंकन गर्दै आयोगले गगन थापालाई साे कार्यक्रममा बाेलाएकाे थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस