दूधको मुल्य बढाउँदै सरकार, मुल्य निर्धारणका लागि कार्यदल गठन

काठमाडौँ । सरकारले दुधको नयाँ मूल्य निर्धारण गर्न कार्यदल गठन गरेको छ । कृषक र व्यवसायीको दवावपछि दूधको मूल्य बढाउने निश्कर्षमा पुगेको सरकारले त्यसबारे अध्ययन गरी सिफारिस गर्न ८ सदस्यीय कार्यदल गठन गरेको हो । कृषि तथा पशुपञ्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले गठन गरिएको कार्यदलले दिएको सुझावका आधारमा दूधको नयाँ मूल्य निर्धारण गरिने बताए ।

गठित समितिले मूल्य निर्धारणको आधार विश्लेषण, क्षेत्रगत रुपमा दूधको उत्पादन लागत विश्लेषण, दूध ढुवानी र चिस्यान खर्च तथा दूध उत्पादनमा मौसमी प्रभावजस्ता ९ विषयको अध्ययन तथा विश्लेषणबाट बढाउनुपर्ने मूल्य निर्धारण गर्नुपर्ने कृषि मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल अवसरको खानी हो, लगानी गर्नुस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै …

प्रतिकृया दिनुहॊस